बेलबारी गोल्डकप : झापा ११ क्वाटरफाइनलमा


बेलबारी / ७ औं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ विजयी भएको छ ।
मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गको खेल मैदानमा भएको शुक्रबार भएको खेलमा पाहुना टोली भारत सिलगुडीको कञ्चनजंघा फुटबललाई झापा ११ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
झापा ११ ले सिलगुडीलाई ५–१ को फराकिलो गोलमा पराजित गर्यो । खेलको ९ औं मिनेटमा सिलगुडीका प्रनेश प्रदानले वान भर्सेज वानमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए ।झापाका गोलरक्षक सन्दीप लिम्बू पोष्ट छोडेर अघि बढेको मौकामा लिम्बूले गोल गरेका हुन् । मध्यान्तर अघिसम्म दुवै टोली १–१ गोलको बराबरीमा खेल पनि मध्यान्तरपछि झापा थप आक्रमक खेले सहजै नतिजा आफ्नो पक्षमा सफल भयो ।
३५ ओैं मिनेटमा झापाका आशिष चापागाईंले प्रहार गरेको बल पोष्टमा लाग्दै रिवाउन्ड भएको बलमा झापाकै निरज कार्की गोल गर्दै खेललाई बराबरीमा ल्याए ।५३ ओैं मिनेटमा झापाका आशिष चापागाईंको पासलाई सदुपयोग गर्दै अभिषेक गुरुङले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए । ५९ ओैं मिनेटमा निरज कार्कीको पासमा उत्सव राईले झापाका लागि तेस्रो गोल गरे ।
७० ओैं मिनेटमा पुनः उत्सव राईले गोल थपे । सिलगुडीका गोलरक्षक प्रनुव लिम्बू बल नियन्त्रण गर्न नसक्दा राई गोल गरे । ७६ ओैं मिनेट भविन बोहोराको पासमा निकेश श्रेष्ठले टोलीका लागि ५ औं गोल गर्दै जितलाई सहज बनाए ।
खेलको म्यान अफ द म्याच उत्सव राईले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।प्रतियोगिताअन्तर्गत शनिबार आयोजक एलएक्स सिटी फुटबल क्लब र काठमाडौंको चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *