करेन्ट लागेर झापा र सुनसरीमा २ जनाको मृत्यु
बिराटनगर : झापा र सुनसरीको २ छुट्टा छुटै स्थानहरुमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । झापाको हल्दिबारी गाउँपालिका-४ का ३३ बर्षीय नरेश मोक्तानलाई घर नजिकैको पैनीमा बिजुलीको पोलबाट करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएकोमा उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।
यसैगरी सुनसरीको हरिनगर गाउँपालिका-२ का ६० बर्षीय समुद्धिन मियाँ मोटर जडान गरिएको कल चलाउने क्रममा करेन्ट लागेर घाईते भएकोमा उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पुर्याउनासथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
