आत्मनिर्भर बन्न बाँसको मुढा बुन्ने तालिम सम्पन्न

सुन्दरहरैचा : मोरङको सुन्दरहरैचा ६ लाटीझोडाकी ५२ बर्षीय बुद्धी माया तामाङ(घिसिङ) नमुना सामुदायिक वन उपभोक्ता समितिको आयोजना गरेको बाँसको मुढा बुन्ने तालिममा सहभागी भएर १५ दिने बुढा बुन्ने काम सिकेकी छिन्। सुन्दरहरैचा ५ मा पर्ने हसिना सिमसारमा उनी मुढा बुन्ने तालिम सिकिसकेपछि हातमा प्रमाणपत्र देखाउदै अब सिकेको सीपबाट घरमै मुढा बुनेर आम्दानी गर्ने बताउछिन्।

मुढा बुनेर आत्मनिर्भर बन्न आफू पनि तालिममा सहभागी भएको उनी बताउछिन्। ‘दुखि जिन्दगीमा बाँच्नको लागि संघर्ष गर्नै पर्ने रहेछ,तालिम सिकिसकेपछि उनले भनिन्,’ काम नगरी खाने ठाउँ कहाँ पो छ र अब बुढेस काल पनि लग्यो अहिले सीप सिके अब कसैले नहेरे पनि यहिँ मुढा बुनेर खान सक्छु।’ हाम्रो जमानामा पढ्ने चलन पनि थिएन् पढ्न जाने भन्दा पढ्नु हुँदैन भन्नुहुन्थ्यो बुवाले त्यहिँ भएर पढ्न पनि पाईएन्।

सुन्दरहरैचाका महिला तथा पुरुषहरुलाई आत्मनिर्भर बनाउन र प्रशस्त मात्रामा पाईने बाँसको सही सदुपयोग गर्न उक्त तालिमको आयोजना गरिएको उपभोक्ता समितका अध्यक्ष घनश्याम न्यौपानेले बताए । तालिममा सहभागी सीप सिकेकाहरुलाई सीपको सदुपयोग गर्दै जीविकोपार्जन गर्न सहज हुने बिश्वास लिएको अध्यक्ष न्यौपानेले बताए।

सिकेको सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउने उद्देश्यअनुसार तालिम सञ्चालन गरिएको उनको भनाइ छ। उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष जीवन प्रसाद ढुङ्गनाले नेपाल सरकारले बजेट बिनियोजन गरेर यस्ता खालको कार्यक्रम गर्नुपर्ने बताउदै राज्यको ध्यान दिनुपर्ने यस्ता खालका कामलाई नमुना सामुदायिक वनले गरेको भन्दै प्रशंसा गरेका थिए।

तालिमा सहभागी भएकाहरुको आयआर्जनमा टेवा पुग्ने भन्दै सिकेका सिपलाई व्यवहारमा उतार्न र उत्पादन भएका मुढालाई बजारीकरण गर्न उद्योग वाणिज्य संघले सहयोग उनले बताए । सुन्दरहरैचा ५ का वडाअध्यक्ष गणेश चौधरीले नमुनाले वनको संरक्षण मात्र नभई नमुना काम बताउदै आगामी कार्यक्रममा वनसँग वडाले पनि सहकार्य गर्ने बताए। लाटीझोडा वनका अधिकृत अमृत विलास पन्तले हातबाट बाँस सिन्का तयार पार्न कठिनाई हुने भन्दै सिन्का बनाउन मेसिन ल्याउनु पर्नेमा जोड दिएका थिए। मुढा बनाउने तालिमका प्रशिक्षक प्रशिक्षकको रुपमा प्रवीण राई रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *