समृद्धिको बितिय शिक्षा एवं व्यावसायिक ज्ञान स्वामित्व ग्रहण कार्यशाला

नेपाल सरकार उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ग्रामीण उधम तथा बिप्रेषण आयोजना (समृद्धि ) ले बितिय शिक्षा एवं व्यावसायिक ज्ञान स्वामित्व ग्रहण कार्यशाला संचालन गरेको छ। सुन्दरहरैंचा नगरपालिका वडा -४ को सभाहलमा संचालित कार्यशालामा विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा व्यावसायिहरुको सहभागीता रहेको थियो।

एफएन सिसि तथा हेल्भेटास नेपालको सहकार्यमा सहकारीको बितिय ग्यान तथा बचत परिचालन लगानी लगायतको पक्षमा सजिकारण गरेको थियो। साथै उक्त कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका प्रमुख केदार गुरागाई, वडा ४ का अध्यक्ष कैलाश बस्नेत लगायत सहभागिले आ-आफ्ना धारणा समेत राखेका थिए ।

यस कार्यशालले सहकारीको दिगो विकासमा टेवा , समुदायमा व्यावसायिक प्रवर्द्धन बारे चेतना फैलाउन तथा कृषि उत्पादन समुहको संस्थागत बिकास गर्न तालिमले टेवा पुर्याएको छ।

आयोजनाले तालिम प्रदान गरि समुदायमा तालिमको माग बढाउनुका साथै व्यावसायिक बनाउन समेत उत्प्रेरित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *