समृद्धि परियाेजनाबाट सुन्दरहरैचाका एक सय भन्दा बढी महिलाहरू लाभान्वित

इटहरी । माेरङ सुन्दरहरैचा वडा नं ६ कि इन्दिरा कार्की बिगतकाे भन्दा अहिले ब्यस्त भेटिन्छिन । २ वर्ष अघि सम्म घरभित्रकै चुलाै चाैकामा सिमित हुने इन्दिरा अाज भाेली सफल ब्यवसायीकाे रूपमा चिनिन्छिन । एक वर्ष अघि सम्म घर खर्च टार्न श्रीमानकाे भर पर्ने उनि अहिले महिनाकै ३० हजार बढी अाम्दानी गर्छिन ।

उनी सुन्दरहरैचा दुर्गेश्वरी पशुपालक कृषक समुहकी अध्यक्ष पनि हुन । त्यस्तै साेहि वडाकी मञ्जु अधिकारी पनि अहिले निकै व्यस्त छिन । एक वर्ष अघिमात्रै कामकाे खाेजीमा भाैतारिरहेकी उनी अहिले महिनाकाे ३२ हजार बढी कमाउने भएकि छिन । घरधन्दा र परिवारकाे रेखदेखमै सिमित हुने माेरङ सुन्दरहरैंचाका एक सय भन्दा बढी गृहणीहरू अहिले अाफै अात्मनिर्भर बन्दै महिनाकाे ३० हजार बढी कमाइ गरिरहेका छन । इन्दिरा , मञ्जु जस्तै गाउका सय भन्दा बढी महिलाहरू अहिले उन्नत जातकाे बाेएर खशी , बाेका पालन गर्दै अाफै स्वाववलम्बी र अात्मनिर्भर बनिसकेका छन ।

२०७७ पुस दाेश्राे साता समृद्धि परियाेजनाले कृषिमा अावद्ध महिलाहरूलाइ समेटेर बिभिन्न तालिमहरू प्रदान गर्दै उन्नत जातका बाेएर खशी बाेएर बाेकाहरू बितरण गरेपछि महिलाहरू मात्र नभइ सिंगाे वडा नै अात्मनिर्भर बनेकाे छ । सुन्दरहरैंचा ५ का चन्द्र प्रकाश भट्राइ समृद्धि अायाेजनाबाटै कृषिमा अात्मनिर्भर बनेकाे कताउछन । न्यु टुगेदर कृषि फर्मका सञ्चालक समेत रहेका भट्टराइकाे फर्ममा अहिले ३५ वटा भन्दा बढी बाेएर बाेका तथा खशीहरू रहेका छन । उनी मासु तथा खशी बाेका बेचेकै भरमा मासिक डेढ देखि २ लाख सम्म कमाउने गरेकाे सुनाउछन । उद्यमी बन्न प्रेरित महिलाहरूलाइ लक्षित गरेर समृद्धि अायाेजनाले गाउमा बिभिन्न शिपमुलक तालिमहरू प्रदान गर्दै अनुदान समेत दिएपछि महिलाहरू अाफै अात्मनिर्भर बनेका हुन ।

उक्त परियाेजनाले बाेएर बाेकाहरू उपलब्ध गराउदै अाएकाे छ । बिगतमा एउटा मात्र खशी पालेर बसेकी मञ्जुकाे खाेरमा अहिले १८ वटा भन्दा बढी उन्नत जातका बाेयर खशी बाेका रहेका छन । त्यस्तै ३ वटा मात्रै उन्नत जातका पाठाहरू स्यारेर बसेकी इन्दिराले अहिले अाफ्नै कृषी फर्म खाेलेर बसेकी छिन । बाख्रामा नश्ल सुधार गर्नकालागि उन्नत जातका बाेएर बाेकाहरू कृषकलाइ उपलब्ध गराउने र त्यसबाट पाठा पाठी उत्पादन गरी बजार सम्म पुर्याउने उद्येश्य सहित कृषकहरूलाइ अनुदानमा परिमाण संख्या ताेकेर बाेका उपलब्ध गराइने समृद्धि परियाेजना अन्तरगत ग्रामिण उद्यम तथा बिप्रेसन अायाेजना अार्थिक विकाश सहजकर्ता यमुना भण्डारीले बताइन ।

चाडपर्व अाउदा मासुकाे लागि छिमेकि मुलुककाे भर पर्नुपर्ने बाध्यता अन्त्यकाे लागि र नेपालमै कृषी क्रान्तीकाे शन्देस छर्न परियाेजनाले प्रदेश एककाे बिभिन्न जिल्लाहरूका ग्रामिण भेगमा यस्ताे याेजनाहरू लाने गरेकाे उनकाे भनाइ छ । अायाेजनाले उद्यमी बन्न प्रेरीत हुने महिलाहरूकाे बेग्ला बेग्लै समुह बनाएर अावस्यक्ता अनुसार उन्नत जातका बाेएर बाेकाहरू कृषकलाइ उपलब्ध गराउदछ भण्डारीले थपिन ।

One thought on “समृद्धि परियाेजनाबाट सुन्दरहरैचाका एक सय भन्दा बढी महिलाहरू लाभान्वित

  • 2023-01-20 at 1:44 pm
    Permalink

    Great, Thanks Janacharcha times

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *