हिमालय इंग्लिस स्कुलमा नि:शुल्क दन्त परिक्षण सेवा सम्पन्न
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० स्थित हिमालय इंग्लिस स्कुलमा शनिबार नि:शुल्क दन्त परिक्षण सेवा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम पुजा डेण्टलको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो, जसमा विद्यालयका ३२ जना विद्यार्थीहरूले दन्त उपचार सेवा प्राप्त गरे।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई स्वस्थ दाँत तथा मुख सरसफाइको महत्त्वबारे सचेत बनाउने रहेको थियो। दन्त चिकित्सक टोलीले विद्यार्थीहरूको दाँतको जाँच, आवश्यक परामर्श तथा उपचार प्रदान गरेको थियो।
विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालका अनुसार, विद्यार्थीहरूको स्वास्थ्यप्रति विद्यालय सधैं सचेत रहेको छ र यस्ता कार्यक्रमले उनीहरूको स्वास्थ्य जीवनशैली विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।
विद्यालय प्रशासनले पुजा डेण्टललाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
