क्वेष्ट इंगलिस सेकेण्डरी स्कुलले SEE 2081 मा उत्कृष्ट नतिजा हासिल

सुन्दरहरैंचा

सुन्दरहरैंचा नगरपालिका वडा नं. ८ मा अवस्थित क्वेष्ट इंगलिस सेकेण्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (SEE) 2081 मा उल्लेखनीय सफलता प्राप्त गर्न सफल भएको छ। विद्यालयका अनुसार यस वर्ष सहभागी विद्यार्थीहरूको नतिजा सन्तोषजनक र प्रेरणादायी रहेको छ।

विद्यालयका संस्थापक प्रिन्सिपल दिपक क्षेत्रीले दिएको जानकारी अनुसार परीक्षामा सहभागी अधिकांश विद्यार्थीले ए र ए+ ग्रेड प्राप्त गरेका छन्। अनुशासन, नियमित कक्षा, अनुभवी शिक्षकहरूको मार्गदर्शन, अभिभावकहरूको सहयोग र विद्यालयको शैक्षिक नीतिका कारण यो सफलता सम्भव भएको स्कुल प्रशासनले जनाएको छ।

नतिजा सार्वजनिक भएपछिको खुशीमा विद्यालयले विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ। साथै आगामी शैक्षिक सत्रमा अझ राम्रो नतिजा ल्याउने अठोट समेत व्यक्त गरिएको छ।

यस सफलताले क्वेष्ट इंगलिस स्कुललाई सुन्दरहरैंचा क्षेत्रभित्रको अग्रणी शिक्षालयको रूपमा अझ स्थापित गराएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *