विद्यालयमा फुड फेस्टिवल

विद्यालयमा फुड फेस्टिवल
चन्दन रौनियार
दुहबी /
विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान बढाउन सुनसरीको दुहबी ४मा रहेको को  महेन्द्र मेमोरियल ऐकडेमी  विद्यालयले फुड फेस्टिवल गरेको छ ।  स्कुलको आयोजनामा भएको सो फेस्टिवलमा कक्षा ७का विद्यार्थीहरुले खानाका विभिन्न परिकार बनाइ प्रदर्शन गरेका छन् । महेन्द्रले प्रत्येक वर्ष यसप्रकारको फुड फेस्टिवल गर्दै आएको छ । आफ्ना छात्रछात्रालाई प्रयोगात्मक सिकाइ वाट अन्तर निहित क्षमता प्रस्फुटन होस भनि अभिप्रायका साथ यसप्रकारको कार्य गरेकोे विद्यालयका प्र.अ निश्चलराज शाक्यले  बताए।
प्रयोगात्मक अभ्यास छात्रछात्राहरुका लागी प्रभावकारी सिकाइ मानिन्छ । परिकार बनाएपछि विद्यार्थीहरु र शिक्षकसंगै खाना पनि खाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *