सिरिया : भूकम्पले ढलेको घरभित्रै छोरीलाई जन्म दिएर अस्ताइन् आमा

एजेन्सी । टर्कीलाई केन्द्रबिन्दु बनाउँदै सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट मर्नेको संख्या २० हजार नाघेको छ।छिमेकी देश सिरिया र टर्कीमा मर्नेको संख्याले अझै उचाइ लिने संयुक्त राष्ट्रसंघले जनाएको छ। 

यस्तोमा भूकम्पपछिका अनेक हृदयविदारक दृश्य अहिले सामाजिक सञ्जालमा आइरहेका छन्। दुई दिनअघि टर्कीमा एक ८ वर्षीय बालकको भिडिओ भाइरल भएको थियो।यसबीचमा फेरि अर्को भिडिओले अहिले विश्वको ध्यान तानेको छ। सिरियामा भूकम्पले भत्किएको घरले थिचेको अवस्थामै एक महिलाले छोरीलाई जन्म दिएर अस्ताएकी छन्। 

भूकम्पको भग्नवाशेषभित्र पुरिएपछि आमाले जन्माएर छट्पटाइरहेकी शिशुलाई जीवितै निकालिएको हो। तर उनलाई जन्माउने आमाको भने निधन भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *